हल्दिवारी ,११ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हल्दिवारी गाउँपालिका अध्यक्ष / उपाध्यक्ष सहित २७ वटै पदमा राप्रपाले उम्मेद्बारी दर्ता गरेको छ ।

निर्वाचन आयोगका अनुसार अध्यक्षमा रवीन्द्र प्रसाद लिङ्गदेन ,उपाध्यक्षमा लक्ष्मी मैनालीले उम्मेद्बारी दिएका छ्न ।
त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा देवि थापा ,२ को अध्यक्षमा कुमार राई ,३ को अध्यक्षमा बम बहादुर कन्दन्वा ,४ को अध्यक्षमा सन्तकुमार थापा मगर र ५ को अध्यक्षमा मदन तामाङले उम्मेद्बारी दर्ता गरेको आयोगले जनाएको छ ।
अध्यक्षमा उम्मेद्बारी दिएका लिङ्गदेन गाउँपालिका अध्यक्ष हुन भने उपाध्यक्षमा उम्मेद्बारी दिएकी मैनाली सामाजिक कार्यमा सक्रिय अग्रज महिला नेत्री हुन ।
२०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले गाउँपालिका अध्यक्ष र वडा नम्बर ५ मा बिजय हासिल गरेको थियो ।
