हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अर्जुनधारालाई नेपालकै उत्कृष्ट नगर बनाउछौं : बलदेव

हल्दिवारी ,१७ बैसाख । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले अर्जुनधारा नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने बताएका छन् ।

Advertisement

एमाले अर्जुनधाराले वडा नम्बर-९ मा गरेको मतदाता भेटघाट तथा चुनावी कोणसभालाई सम्बोधन गर्दै गोम्देनले अर्जुनधारालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने अठोटका साथ आफुहरु चुनावी मैदानमा होमिएको बताए । उनले अर्जुनधारालाई उत्कृष्ट बनाउने आफ्नो मात्र नभई सम्पूर्ण नगरबासीको चाहाना भएकाले अफुलाई मतदान गरी विजयी गराउन आग्रह गरे ।

Advertisement

गोम्देनले सरकारी बिद्यालयलाई निजी सरहको गुणस्तरीय बनाउनका लागि आफुले भुमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले कृषिमा आधारित नगरपालिका भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै अर्गानिक उत्पादनमा निर्भर नगरपालिका बनाउने बताएका छन् ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको उपमेयर पदकी उम्मेद्वार खड्गमाया पराजुलीले व्यवस्थित नगरपालिका निर्माणका लागि सुशासनलाई सुदृढ बनाउदै बालबालिका तथा जेष्ठ नागरिक सबैको सारथी बन्ने स्थानीय सरकारको निर्माण गरिने बताए ।

कार्यक्रममा नेकपा एमालेबाट अर्जुनधारा ९ नम्बर वडाको वडाअध्यक्ष पदका उम्मेदवार नरेन्द्र बहादुर राई, वडासदस्य पदका उम्मेदवारहरु बुद्धिमान लिम्बु, अम्बर बहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेल वि।क।ले पनि मतदाता समक्ष वडाको विकासका लागि सूर्य चिन्हमा मतदान गरि आफुहरुलाई अत्याधिक बहुमतका साथ विजयी गराउन आग्रह गरेका थिए ।

चुनावी कोणसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेकपा एमाले झापा जिल्ला इन्चार्ज तथा पूर्व मन्त्री अग्नि खरेल, प्रदेश कमिटी सदस्य तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, एमाले झापा उपाध्यक्ष तथा सबिधानसभा सदस्य प्रेम बहादुर गिरी लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

एमाले अर्जुनधाराले मेयर उपमेयरको उम्मेदवारसहित आइतवार ११ नम्बर वडामा मतदाता भेटघाट तथा चुनावी कार्यक्रम गर्ने बताएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)