हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जिम्बावे ‘ए’ ले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोरको पाँच विकेट

किशोर महत्वले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जिम्बावे ‘ए’ ले २१४ रनको लक्ष्य दिएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ ले ३२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१३ रन बनायो | ओसिलो मैदान भएका कारण टस ढिला भएको खेल ३३ ओभरमा घटाइएको थियो । नेपालले पाँचौं ओभरको दोस्रो बलमा नेपालले पहिलो सफलता हात पार्यो । जिम्बावे ‘ए’का इनोसेन्ट काया १२ रन बनाएर किशोर महत्वको बलमा क्याच आउट भए ।

Advertisement

११ औं ओभरको अन्तिम बलमा टाडिवान्से मारुमानीलाई ५० रनको अर्धशतकीय पारी खेलेर आउट भए । उनी दिपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भए । १४ औं ओभरको चौथो बलमा नेपालले तेस्रो सफलता हात पार्यो । किशोर महत्वले कुन्दाइज माउन्देलाई ३९ रनमा क्याच आउट गराए । १७ औं ओभरको दोस्रो बलमा सोमपाल कामीले नेपाललाई चौथो सफलता दिलाए । उनले जोनाथन काम्बेललाई ३ रनमा क्याच आउट गराए । २७ औं ओभरमा तेस्रो बलमा किशोरले व्यक्तिगत चौथो र नेपालका लागि छैटौं विकेट लिए । उनले टोली मुयोन्गालाई २४ रनमा आउट गरे ।

Advertisement

करण केसीले नेपालका लागि २३ औं ओभरको दोस्रो बलमा पाँचौं सफलता दिलाए । उनले जुआवोलाई १६ रनमा क्याच आउट गराए । २८ औं ओभरमा चौथो बलमा रोयो काइ सातौं विकेटको रुपमा रन आउट भए । त्यसपछि ३० औं ओभरमा तेस्रो बलमा बार्ड इभान्सलाई क्याच आउट गर्दै आठौं विकेटको रुपमा क्याच आउट गरे । ३२ औं ओभरको अन्तिम बलमा किसोरले पाँचौं विकेटको रुपमा बर्नान्डो माटुवालाई एलबीडब्लू आउट गरे ।

अन्तिम ओभरको पहिलो बलमा करण केसीले लेगा सिकालाई आउट गराए । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । तीन खेलको सिरिज १–१ को स्थितिमा छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

Photo: CAN

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)