शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको नतिजा सार्वजनिक हुने बितिकै शिक्षक छनौटका लागि खुला विज्ञापन गर्ने भएको छ ।

शिक्षक छनौटका लागि साबिककै अवस्थामा तीनै तहमा खुला विज्ञापन गर्ने तयारी गरिरहेको आयोगले जानकारी दियो । कक्षा ११ र १२ लाई माध्यमिक तह बनाइ सकेपछि नियमावलीमा केही संशोधन गर्नुपर्ने भएकाले अहिलेलाई तीन तहका लागि नै विज्ञापन गर्ने तयारी गरिरहेको आयोगले जानकारी दियो ।

आयोगले फागुन अन्तिमसम्म लाइसेन्स परीक्षाको सबै तहको नतिजा सार्वजनिक गरी सक्ने र तत्काल खुला विज्ञापन गर्ने तयारी गरिरहेको छ ।खुला विज्ञापनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी पठाउने बितिकै आयोग विज्ञापनको प्रक्रियमा जाने आयोगका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

आयोगका अनुसार लाइसन्सको उत्तरपुस्तिका धमाधम परीक्षण भइरहेको छ । अध्यापन अनुमति पत्र लाइसेन्सको परीक्षामा माविका लागि १ लाख १ हजार ९९०, निमाविका लागि ५६ हजार १४० र प्राविका लागि ६६ हजार ५९५ गरी २ लाख २४ हजार ७२५ जना परीक्षार्थीले परीक्षा दिएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार