समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जबरजस्ती करणी मुद्दामा चिनिया नागरिक पक्राउ

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेन पक्राउ परेका छन् । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

२०७८ फागुन २६ गते दिउँसो चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक लि छेनले आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा प्राप्त भएको र जिल्ला अदालत काठमाडौंको २०७८ फागुन २९ गतेको आदेशले निज प्रतिवादीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।

Advertisement

उनीमाथि प्रहरी वृत्त थानकोट काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article