समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मत जित्न नसकेपनि नगरवासीको मन जितें, बालेनलाई बधाईः सिर्जना सिंह

नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मेयरमा निर्वाचित बालेन्द्र साहलाई बधाई दिँदै मत जित्न नसके पनि नगरबासीको मन जितेको बताएकी छिन् ।

लोकतान्त्रिक अभ्यासको परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिंहले नगरवासी सबैको मन जित्न सकेंकोमा विश्वास गरेर आफुलाई मत दिने सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

साथै, उनले महानगरका उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै महानगरवासीहरुको भावना बमोजिम काम गर्न अनवरत उत्साहपुर्व लागिरहने बताएकी छन् ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)