तपाँई हामी जो कोहीले पनि सुत्केरी महिला वा वृद्ध मान्छेले भत्ता पाएको छ सुनेका नै छौं । तर, हल्दिवारी गाउँपालिकामा भने सुत्केरी गाईभैंसीले पनि भत्ता पाएका छन् । किसानलाई पशुपालनको लागि प्रोत्सहान र पशुहरुको सम्मानका लागि हल्दिवारी गाउँपालिकाले किसानलाई सुत्केरी भत्ता वितरण सुरु गरेको गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरि बताउनु हुन्छ ।
हल्दिवारी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत किसानको जीवन उकास्न विभिन्न कृषक लक्ष्यित कार्यक्रम संचालित गरेको गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरि बताउनु हुन्छ ।
हल्दिवारी गाउँपालिकाले गाई भैसीको नक्सल सुधार गरि दूध उत्पादन गर्न जोड दिदै आर्थिक बर्ष ०७५/०७५६ देखि किसानलाई सुत्केरी भत्ता दिदै आएको छ ।
गाउँपालिकाले आर्थिक बर्ष ०७६/०७७ को साउन देखि पौष सम्ममा २३० जनालाई सुत्केरी प्रोत्साहन भता दिएको पशु तथा कृषि शाखा प्रमुख सानुमाया श्रेष्ठ बताउनु हुन्छ ।
कृतिम गर्भधारण गराई गाई भैंसी सुत्केरी भएपछि किसानले सुत्केरी भत्ता बापत नगद १ हजार पाउने गरेका छ्न । गाउँपालिकाले कृतिम गर्भधारण गराई पशुपालन किसानलाई दुग्ध उत्पादन गरि आत्मा निर्भर बन्न २०७५ को मङ्सिर देखि सुत्केरी भत्ता योजना कार्वनयिनमा ल्याएको हो ।