समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

तारा एयर मृतकमध्ये २२ जनाको शव फेला, बाँकीको खोजीकार्य हुँदै

आइतबार बिहान दुर्घटनामा परेको तारा एयरको जहाजमा सवावर सबै २२ जनाको निधन भएको छ । ज्यान गुमाएका मध्ये १४ जनाको शव संकलन भएको छ । यो समाचार तयार पार्दासम्म २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको र बाँकीको खोजीकार्य जारी राखेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । सिटौलाका अनुसार फेला परेका शवहरुमध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा रहेको छन् ।

Advertisement

आइतबार बिहान १० बजे सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको थियो। स्थानीयले खबर गरे लगत्तै नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ जाने प्रयास गरेता पनि आइतबार सम्भव नभएपछि आज बिहानै दुर्घटनास्थलमा पुगेको हो ।

Advertisement

अहिले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने तयारी गरिउको भएता पनि मौसम प्रतिकुलताका कारण हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article