समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इम्बोस्ड नम्बर प्लेटविरुद्ध पोखरामा पनि प्रर्दशन

ईम्बोस्ड नम्बर प्लेटविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दबाबमुलक र्याली प्रदर्शन गरेको छ । ‘नम्बर प्लेटहरुमा देवनागरी लिपि लागु गर’ भन्ने मुल नाराका साथ पोखरा महानगर सदस्य देवी शेर्पालीको नेतृत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पोखरा महानगर र पृथ्वीनारायण क्याम्पस इकाईले आज पोखरामा विरोध प्रदर्शन गरेको हो ।

Advertisement

र्र्याली प्रदर्शन कार्यक्रम पृथ्वीनारायण क्याम्पस गेटमा गरिएको हो । देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागू गर्ने असंवैधानिक, अव्यावहारिक र राष्ट्रहित विपरीत निर्णयको विरोध एबं दबावमुलक र्याली प्रदर्शन गरिएको परिषदले जनाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article