समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चितवनमा कारको ठक्करबाट ४२ बर्षीया सेतीको मृत्यु, कार चालक फरार

चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानिय ४२ बर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् ।

Advertisement

गैरीबारी रिसोर्ट तर्फ जादै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही कारको ठक्करबाट गम्भीर घाईते भएकी स्थानीय ५५ बर्षीया राधीका बोटेको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । हिजो साँझ पौने ६ बजे भएको सवारी दुर्घटनामा संलग्न कार चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article