समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

फेरी पनि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य १९९ पुगेको छ

पेट्रोलियम पदार्थको मूल्य फेरी पनि बढेको छ ।नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी मात्रामा बढाएको हो । डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको नेपाल आयल निगमले जनाएको छ ।

Advertisement

निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article