समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मूल्यवृद्धि भएपछि निगमविरुद्ध आन्दोलन सुरु, विराटनगरमा चक्काजाम

रातारात बढाइएको प्ट्रोलियम पर्दाथकाविरुद्ध प्रदृशन सुरु भएको छ ।चर्को मूल्यवृद्धिविरुद्ध यातायात व्यवसायीले विराटनगरमा चक्काजाम गर्दै विरोध प्रदृशन सुरु गरेका हुन् । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवंशी चोक सवारीसाधन तेर्स्याएर यातायात अवरुद्ध गरेसँगै लामो तथा छोटो दुरीका यात्रुहरु अलपत्र परेका छन् ।

Advertisement

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोल प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो । एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यसपटक निगम बढाउन भ्याएन ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article