समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

एनजीओ रआइएनजीओलाई घर भाडामा नदिन विप्लव समूहको उर्दी

धनकुटा । धनकुटामा एनजिओरआइएनजीओहरुलाई घर भाडामा नदिन विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले उर्दी जारी गरेको छ ।

Advertisement

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धनकुटाले प्रेस विज्ञप्ति जारी गर्दै एनजीओ÷आइएनजीओलाई घरबाट हटाउन घरबेटीलाई अपील गरेको हो ।जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाद्वारा जारी विज्ञप्तिमा राष्ट्रलाई आर्थिक संकटबाट बचाउनका लागि यस्ता संस्थालाई बाहिस्कार गर्न आग्रह गरिएको छ ।

Advertisement

‘दलाल पुँजीवादी संस्था तपाईको घरमा कार्यालय खोलेर बसेको हुनाले उक्त संस्थाको कार्यालय हटाइदिनुहुन अनुरोध छ । जनताको इच्छा विपरित ढाँटछल गरी आफ्नो स्वार्थ पूरा गरिरहेकाले यस्ता संस्थालाई बन्द गर्ने हाम्रो अभियानमा सहयोग गर्नुहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article