काठमाडौं, महानगरपालिका-३ चप्पल कारखाना नजिक सडकमा बा.२ क ८८७१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका९४ स्थित सडकमा बा।३२ प ५७७१ नम्बरको मोटरसाइकल र बीआर ०६ डीजी ८१९५ नम्बरको स्कार्पियो एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक दोलखा विगु गाउँपालिका९५ बस्ने १९ वर्षीय महेश भुजेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, सिद्धार्थनगर नगरपालिका९१ बाईपासस्थित सडकमा लु।२ ख ३८ नम्बरको बसको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।