समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सरकारलाई क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश जारी

सरकारलाई क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार वातावरण कानुन समाजले दायर गरेको रिटमा नुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सरकारले हालै गरेको ढुंगा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ को संशोधन कार्यान्वयन गर्ने तयारी गरेको थियो । साथै, सरकारले मापदण्ड संशोधन गरी घनावस्ती र वन क्षेत्रको दुई किलोमिटर र राजमार्गको ५०० मिटर दूरीभित्र क्रसर सञ्चालन गर्न नपाउने व्यवस्था हटाएको थियो ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)