काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो ।

सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको उनले बताए । ‘नियम मिच्ने जुनसुकै गाडीलाई कारबाहीको दायरा ल्याइन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार