समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडौं । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् । श्रेष्ठ माओवादी कोटाबाट राजदूतमा सिफारिस भएका थिए । उनी माओवादी केन्द्रको निर्वाचन आयोगको प्रमुख थिए । धादिङका श्रेष्ठ पूर्व शिक्षक पनि हुन् ।

मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेरे एग्रिमोका लागि चीनमा पठाएको थियो । चीनले गत सातामात्रै एग्रिमो पठाएपछि उनलाई आज राष्ट्रपति विधादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)