समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एमाले अध्यक्ष दीपक कार्कीको घरमा बम फेला, नेपाली सेनाको डिस्पोजल टोलीले नक्कली भएको पुष्टि गर्यो

एमाले झापा अध्यक्ष दीपक कार्कीको घरमा राखिएको प्रेसर कुकर बम जस्तो देखिने बस्तु नक्कली भएको पुष्टि भएको छ । गौरादह९३ मा रहेको कार्कीको घरको बाहिर प्रेसर कुकरमा तारजस्तो देखिएपछि बम हुन सक्ने आशंका गरिएको थियो ।

Advertisement

तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप गिरीले जानकारी दिए ।

Advertisement

प्रेसर कुकरभित्र ग्यास चुलोको सानो सामान र मोबाइलको चार्जर रहेछ । खासै केही रहेनछ,ु उनले भने । उक्त घर प्रदेश९ १ का पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पनि हो । प्रेसर कुकर जस्तो देखिने बस्तु कसले र किन राख्यो भन्‍ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article