राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश खारेजी र राजासहितको हिन्दू राज्यलाई चुनावी एजेण्डा बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
राप्रपाको यही साउन ५, ६ र ७ गते बसेको केन्द्रीय समितिको बैठकले संवैधानिक राजसंस्था र वैदिक सनतान घर्मसापेक्ष हिन्दूराष्ट्र पुनःस्थापना लगायत विषयमा जारी आन्दोलनलाई राप्रपाले निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नुपर्ने भन्दै पूर्ण समानपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई अघि सारेको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।
त्यस्तै, राप्रपाले नेपालीको आवश्यकताका आधारमा अभिभावकीय संस्थाको रुपमा राजा रहने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दूराष्टको पनःस्थापनाको एजेण्डा राखेको छ ।
त्यस्तै, राप्रपा बैठकले तीन तहको संघीयता नभएर प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनाको विषय आफ्नो कार्यनीति बनाउने राप्रपाले जनाएको छ ।
यस्ता छन् राप्रपा बैठकका थप निर्णयहरू:

















