हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एनएफपिजेले १७ विधामा फोटोपत्रकारिता अवार्ड दिने, यसरी दिनुहोस् आवेदन

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले असोज ६ गते १७ विधामा फोटो प्रतियोगीत गर्ने भएको छ । १८३औं अन्तराष्ट्रिय फोटोग्राफी दिवसको उपलक्ष्यमा समूहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा समूह आफ्नो स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो । २५ र्औ वार्षिकोत्सवका क्रममा समूहले असोज ६ गते काठमाडौंमा विशेष समारोह गरेर प्रतियोगीता प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागेको समूहका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।

Advertisement

कार्यक्रममा एनफपीजेका पूर्व अध्यक्षद्वय बरिष्ठ फोटो पत्रकार मिनरत्न बज्रचार्य र विकास रौनीयार, वाइडलाइफ फोटोग्राफर लगायत नेपालका वरिष्ठ फोटो पत्रकारहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा पूर्व अध्यक्षद्धयले शुभकामना व्यक्त गर्नुका साथै नेपालमा फोटोपत्रकारिता भोग्नु परेका समस्याको वरेमा वताउनु भएको थियो भने सस्थाका आविजन सदस्य राजन काफ्लेले पनि फोटोपत्रकारले भोग्नु परेको समस्याका वारेमा आफ्नो धारणा सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।

Advertisement

१८३ औं विश्व फोटा दिवको अवसरमा समूह महासचिव नवराज श्रेष्ठका अनुसार नयाँ तथा पुराना फोटोपत्रकारलाई १६ विधामा अवार्ड प्रदान गर्ने जानकारी गराए । २५ औं वर्षको विशेष समारोहमा सस्थापक सदस्य लगायत नेपालका अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए । अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२’ राखिएको शुक्रवार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समूहले लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि रु। ५० हजार प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरि दैनिक गतिविधिका फोटो खिच्ने पत्रकारका लागि दैनिकजीवन फोटोपत्रकारिता विधा अवार्ड, महिला फोटोपत्रकारिता अवार्डको पनि घोषणा गरिएको छ ।

सम्मानका अन्य विधाहरुमा, पर्यटन, संस्कृति फोटोपत्रकारिता अवार्ड, आर्थिक फोटोपत्रकारिता अवार्ड, राजनीतिक फोटोपत्रकारिता अवार्ड, मनोरञ्जन फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड रहेका छन् । त्यस्तै सात वटै प्रदेशबाट एक÷एक जना उत्कृष्ट फोटो पत्रकारलाई अवार्ड तथा सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ ।
राष्ट्रिय फोटोपत्रकार समूहका पूर्व अध्यक्ष लगायत सल्लाहाकार र कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कार बारे अन्तिम निर्णय लिने समूहका अध्यक्ष वन्तले जानकारी दिए ।

अध्यक्ष वन्तले नेपालमा फोटो पत्रकारहरुको सामाजिक सुरक्षा, काम गर्ने संस्थामा भएको र फोटो पत्रकारहरुको मुल्याङ्कन राज्यले नगर्ने भएकाले सस्थाले विभिन्न सञ्चारगृहमा कार्यरत फोटोपत्रकारहरुलाई हौसला प्रदान गर्न पनि यस्तो कार्यक्रम गरिएको वताए ।

‘१८३ औं फोटो दिवस बनाउँदै छौं तर नेपाल फोटो पत्रकारहरुका समस्या धेरैं छन् । तर काम गर्ने संस्था देखिएका समस्या समाधान गर्नका लागि हामी लागि परेका छौं,’ अध्यक्ष वन्तले भने ।

राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०२२ मा सहभागीताका लागि नियमहरु:
१. राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा प्रत्येक वर्ष यो अवार्ड बैशाख १३ गते प्रदान गरिनेदै आएता पनि यस वर्ष कोरोनाका कारण हामीले आगामी असोज ६ गते आयोजना गर्दैछौ ।

२.अवार्ड कार्यक्रममा १ वर्ष भन्दा वढी समय फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुले यस कार्यक्रममा सहभागी जनाउन सक्नु हुनेछ ।
३.आवेदन फारमसँगै कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि,अनिवार्य रुपमा समावेश राउनुपर्नेछ ।
४.अवार्डमा सहभागी हुनका लागि सम्पूर्ण फोटोपत्रकारहरुले संस्थाको आधिकारिक वेएभसाइटमा www.nfpj.org.np/ गएर आवेदन फारम भर्नु पर्ने छ ।

५. प्रत्येक विधामा फारम भर्दा अनिवार्यरुपमा उत्कृष्ठ ५ वटा फोटो पठाउनु पर्दछ ।
६. २०७७ साल देखि २०७९ साल असार मसान्त सम्म खिचिएका उत्कृट फोटो १२ ह् १८ इन्च को ३०० डिपिआइमा क्याप्सन सहित समावेश गराउनु पर्ने छ ।

७.अनलाइन फारममा समस्या भएमा आधिकारिक इमेल Email: nfpjphotoaward@gmail.com  मा पठाउन सक्नु हुनेछ ।
८. प्रदेश फोटोपत्रकारिता अवार्डको हकमा आ–आफ्नो प्रदेशमा रहेर फोटोपत्रकारित गर्नेले मात्र सहभागि हुन पाउने छ ।
९. अर्वाडको लागि आवेदन फारम २०७९साल भाद्र २५ गते राति १२ वजे सम्ममा पठाइ सक्नु पर्ने छ ।
१०. अवार्डमा पठाएका फोटोहरु समूहले संरक्षण तथा प्रवद्र्धन गर्ने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)