हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रदर्शनकारीले जलाए प्रहरी भ्यान, बालाजु बाइपासमा तनाव

काठमाडौं । काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ। यातायात मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बनेको हो ।

Advertisement

प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन्। मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडकमै गाडी रोकेर प्रदर्शन गरेका थिए। यातायात खुलाउन प्रयास गरेको प्रहरी र यातायात मजदुरबीच झडप हुँदा चक्रपथको बालाजु बाइपास खण्ड तनावग्रस्त भएको हो।

Advertisement

नयाँ बसपार्कस्थित ल्होत्से मलले पार्किङ शुल्क बढाउने भएपछि विवाद भएको थियो। विवाद मिलाउन गएको प्रहरीसँग यातायात व्यवसायीको झडप भएको यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमले बताए। सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीमाथि मजदुरहरूले इँटा र ढुंगा प्रहार गरेका छन्। प्रहरीले पनि लाठीचार्ज गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)