हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिश्व रेडियो दिवसको अवसरमा भोजपुरी समाजद्धारा छलफल तथा अन्तरक्रिया

२ फाल्गुण  । हिजाे फाल्गुण १ गते बिश्व रेडियो दिवसको अवसरमा नेपाल भोजपुरी समाजले वीरगञ्जबाट प्रसारणमा रहेको बिभिन्न एफ.एम रेडियोका संचालक तथा स्टेशन प्रमुखहरु संग छलफल तथा अन्तरक्रिया गरेको छ ।

Advertisement

समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, सल्लाहाकार मनोज मिश्र, सचिव राजेन्द्र सिंह राजपुत, कोषाध्यक्ष अशोक कुश्वाहा तथा सदस्य राजकुमार सरार्फ सहितको टोलिले नारायणी एफ.एमका स्टेशन प्रमुख बिदुर गौतम,पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारु, रेडियो तराईका अध्यक्ष अजय यादव, रेडियो समग्र मधेशका संचालक श्याम प्रसाद गुप्ता र सान्भी एफ.एमका स्टेशन प्रमुख सतेन्द्र यादवसंग एफ.एम स्टेशनको कार्यालयमा गई छलफल तथा अन्तरक्रिया गरेको समाजका सचिव राजेन्द्र सिंह राजपुतले जनाएका छन् ।

Advertisement

समाजले बिभिन्न बिद्यालयमा भोजपुरी कला संस्कृति सम्बन्धी गरेको प्रशिक्षण कार्यक्रमको बारेमा जानकारी गराउदै, समाजमा बजाईने ठुलो आवाजको बाजा तथा डिजेको प्रभाव निरुत्साहित गर्ने संचारले सहयोग गर्नु पर्ने बिषयमा पनि छलफल गरेको हो । एफ.एमका स्टेशन प्रमुख तथा संचालकहरुले निरन्तर साथ सहयोग गर्ने बताएका ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)