हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

यातायात मजदुरको आन्दोलनका नाममा लोत्से मलमा लाखौँको मोबाइल लुट

काठमाडौं । सोमबार लोत्से मलमा लाखौँका मोबाइलहरु चोरी भएका छन् । काठमाडौंको बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलन नियन्त्रणबाहिर पुग्दा आन्दोलनको नाममा मल छिरेकाहरुले मोबाइल चोरेका हुन् ।

Advertisement

ट्राफिकले बढाएको सवारी जरिवाना खारेजीको माग गर्दै यातायात मजदुरहरु सडकमा सवारी साधन तेर्साएर आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा आन्दोलनमा उत्तेजीत भएको एउटा समूह बर्सपार्क क्षेत्रमा रहेको लोत्से मलभित्रै प्रवेश गरेको थियो ।

Advertisement

मलभित्र छिरेको भीडले मलमा तोडफोट गरेको थियो । आन्दोलनका नाममा मलमा छिरेको सो भीडले मलमा तोडफोड मात्रै गरेन बरु त्यहाँ भएका लाखौँ मूल्य बराबरका मोबाइल चोरी समेत गर्यो ।

भीडभाडमा कसले मोबाइल लग्यो भन्ने थाहा नभए पनि आन्दोलनका नाममा मलमा प्रवेश गरेको सोही भीडबाटै लाखौँको मोबाइल लुटिएको मलका सञ्चालकले बताएका छन् ।

यसरी दिउँसै आन्दोलनका नाममा एउटा मजदुर र व्यवसायीले अर्को व्यवसायीको पसल तोडफोड गर्यो । तोडफोड मात्रै गरेन, बरु लाखौँको मोबाइल लुट्यो । तर, यति विघ्न हुँदा पनि गृह प्रशासन भने रमिते बनेको छ । न त तोडफोड गर्नेहरुको पहिचान गर्न सक्यो न मोबाइल चोर्नेहरुलाई समात्न सकेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)