हल्दिबारी, २५ असार । झापाको अर्जुनधारा जलेश्वर धाममा आजबाट सोमबार ( बोलबम ) धार्मिक मेला सुरु भएको छ । पुर्वान्चल क्षेत्रको गहनाको रूपमा धार्मिक पर्यटकीय स्थल बन्न सफल यस जलेश्वर धामलाई संस्कृती तथा पर्यटन मन्त्रालयले पर्यटकीय स्थलको रूपमा सुचिकृत गरेको छ भने नेपाल सरकारले हुलाक टिकक प्रकाशित गरेर यसको महत्त्व विश्व सामु हिन्दु बिच पुर्याउने काम गरेको छ ।
आज विशेष पूजा अर्चना गरेर धार्मिक ( बोलबम ) पर्व सुरु भएको जलेश्वर धाम समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ्न ।
२०२३ सालमा सिद्ध तपस्वी मौनव्रती खडेबाबाको प्रेरणाबाट स्थापित शिवालय स्थापनाको ५८ वर्षमा आइपुग्दा पूर्व क्षेत्रको धार्मिक आस्था र पर्यटकीय क्षेत्रको केन्द्रको रुपमा स्थापित भइसकेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयमा पर्यटकीय स्थलको रुपमा सूचिकृत भइसकेको यस धाममा वार्षिक लाखौं धार्मिक पर्यटकहरू आउने गरेको धामका अध्यक्ष नवीन गट्टानीले पत्रकार सम्मेलनमा जानकारी दिएका छ्न ।
पत्रकार सम्मेलनमा जलेश्वर धामको धार्मिक तथा सास्कृतिक अवस्था , विकास निर्माणको अवस्था ,आर्थिक अवस्था ,सामाजिक अवस्था र भावी योजनाहरुको सम्बन्धमा जानकारी गराइएको थियोे ।