हल्दिबारी / झापाको हल्दीबारी गाउँपालिका – २ मा प्रत्येक बर्ष दिपावलीको अवसरमा लाग्ने काली मन्दिर मेला यस बर्ष यही कात्तिक २७ गते सोमबारका दिन लाग्ने भएको छ ।
काली मन्दिर मेला समितिका अध्यक्ष प्रलाद कुमार बिष्टका अनुसार प्रत्येक बर्ष हलि तिहारका दिन लाग्ने मेला २७ गते सोमबार तिथि अनुसार लगाउन लागिएको छ।
भगवान रामचन्द्र र लक्षुमणलाई पतालको रावणले बन्दि बनाएको बेला हनुमानले मुक्त गराएको र त्यही बेला पत्तालमा लुकाएकी कालिलाई समेत हनुमानले बाहिर ल्याएको र त्यही समय देखि यस स्थानमा काली पुजा हुन थालेकाे यहाँका बुढापाका बताउछन् ।
हल्दिवारी मावि स्कुल चोकबाट ५ सय मिटर उतरमा अवस्थित यहाँका राजवंशी समुदायले विशेष गरेर यस मन्दिरमा कालीको पुजा आजा गर्ने गरेको पाइन्छ भने यहाँ १ सय ५० बर्ष अगाडि देखी नै मन्दिर रहेको आफुले सुनेको संविधान सभा सदस्य माननीय पुर्ण प्रसाद राजवंशी बताउछ्न ।
हल्दिबारी गाउँपालिकाकै पुरानो धार्मिक आस्थाको केन्द्र काली मन्दिर लाई धार्मिक पर्यटनमा जोडेर बिकास गर्न सके हल्दिबारीलाई विश्व सामु चिनाउन कोसे ढुङ्गा सावित हुने थियोे कि ?