काठमाडौं, २ चैत्र । कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि साझ रणनीति बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्कका नेताहरु भिडियो कन्फरेन्समा सहभागी भएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने शुक्रवार विहान ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए । मोदीको प्रस्ताव स्वीकार गर्दै नेताहरु कन्फरेन्समा सहभागी भएका हुन् ।

यो कन्फरेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगान राष्ट्रपति अशरफ घानी, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, माल्दीभ्सका राष्ट्रपति इब्राहिम माहम्मद सोलिह, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागी छन् ।

पाकिस्तानका तर्फबाट भने स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा। जाफर मिर्जाले सहभागिता जनाएका छन्

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार