शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी गाउँपालिका भित्रका ५ सय बढी SEE परिक्षा दिने विद्यार्थीलाई कोरोना भाइरसको प्रभाव

आजबाट शुरु हुनलागेको SEE परिक्षा रोकिदा हल्दिवारी गाउँपालिका भित्रका करिब ६ सय विद्यार्थीलाई असर गरेको छ। हल्दिवारी गाउँपालिका भित्र २ परिक्षा केन्द्रमा हुन लागेको SEE परिक्षा कोरोना भाइरसका कारण रोकिदा विद्यार्थीहरु अन्योलमा परेका छ्न ।

Advertisement

Advertisement

सरकारले हिजो अबेर मात्र देसभरका विद्यालय बन्द गर्ने साथै आजबाट हुनलागेको See परिक्षा समेत रोक्ने निर्णय गरेको थियोे । हल्दिवारि मावी केन्द्र तथा जनजागृती मावी केन्द्रमा विद्यार्थीहरु बिहान ७ बजे देखिनै See दिन पुगेका थिए ।

हल्दिवारी मावी केन्द्रमा ८ विद्यालयका २५३ विद्यार्थी सहभागी रहेका थिए भने उक्त विद्यालयका १०३ विद्यार्थी भने दुर्गा मावी गरामुनीमा परिक्षा दिने तालिका रहेको परिक्षा केन्द्र प्रमुख समेत रहनु भएका हल्दिवारी माविका प्र .अ टङ्क बहादुर पाखरिनले बताउनु भयो ।

त्यस्तै जनजागृती मावि गोलधाप केन्द्रमा ५ विद्यालयका २१४ विद्यार्थी सहभागी रहेका थिए भने जनजागृती माविका १०६ विद्यार्थी भने पशुपति मावी बाह्रदशी राजगढ् परिक्षा केन्द्रमा परिक्षा दिने तालिका रहेको परिक्षा केन्द्र प्रमुख तथा जनजागृती मावीकि प्र . अ इन्दिरा चुडालले बताउनु भएको छ।

अब SEE परिक्षा भने कहिले हुने भन्नेमा भने सरकारको निर्णय पर्खनु पर्ने हल्दिवारी मावी का प्र .अ टङ्क बहादुर पाखरिनले बताउनु भएको छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article