मानिस किन रिसले चुर हुन्छ ? मानिस खैर व्यग्र हुने प्राणी पनि त होइन ! तर मानिस समाजको एक अंग हो । आसातित रुपमा मानिस सन्तुष्ट प्राणि हो । उ काम गर्न लालयित हुन्छ । कतै कतै उसले गर्ने काम व्यर्थ बनिजाला । २१ औं शताव्दीमा मानिस यदाकदा आफ्नो ओहोदाको काम गर्न असफल होइँदिदा उ पछौटे पनको सिकार वन्छ । त्यति हुँदा पनि उसको कामहरु असन्तोष हुन्छन् ।

आज मानिसले खाने खानेकुराको डायटको दायरा छैन । जे पायो त्यही खाईदिने । हरेक नयाँ खानेकुराको सेवनले मानिसमा विकार ल्याइदिन्छ । उसको मष्तिस्क चलायमान नबन्ला । नेपालीको आहरा त्यसै पनि अपुरो हुन्छ ।
पौष्टिक जन्य खानेकुरा । भिटामिन प्रद्वत खानेकुराको चियो गर्न आज हामीमा कहाँ फुर्सद हुन्छ र !
विश्वको तरंगित राजनितीले खानेको समस्या त्यसै विकराल रुपले फराकिलो ल्याइसक्यो । यहाँ भन्न खोजेको रिस कन्ट्रोल गर्न भिटामिन ए , भिटामिन बि, भिटामिन सि, भिटामिन डि प्रद्वत खानेकुराको सेवन मिलाएर खानुपर्छ भनेको हो ।
के यस्तो भिटामिन प्रद्वत खानेकुराले वजन, अर्वुद्व रोग, डिमेन्सिया, मधुमेह, प्रेसर, डेंगु, पोस्चर निको हुन्छ ? भनेर कसैले सोधिदेला । अनि भाग्ने हो सोध्ने वक्ता सँग ।
त्यसो अलिक मिल्दैन । यहाँ भन्न खोजेको अण्डा, माछा, मासु, हरियो साग, फलफूल, गाँजर, मुला, मकै, भटमास, केराउ, काजु, किसमिस, मरिच, रातो खुर्सानी, विरेनुन, कागती आदिको समुचित प्रयोगबाट मानिसको धेरै किसिमको विकार नियन्त्रण हुने वैज्ञानिकता खोज तथा अनुसन्धानबाट प्रस्ट हुन्छ ।

मेरो एउटा साथी छ रामशरण । उ औधी पढ्छ । उ कालो दाल र भटमास बढि प्रयोग गर्छ । उ भन्छ हामीले कुन खाना खाए रिस नियन्त्रण हुन्छ । मैले माथिका कुरा कोट्याएर भनिदिएको मात्र झन्डै कुट्यो ।

तर बास्तवमा स्च्छ खाना, सन्तुलित व्यायाम र ध्यान अनि योगाको कारण मानिसको जिवन ताजा, प्रफुल्लता र निरोगी भने अवस्य वन्छ ।

मानिसलाई रिस किन उठ्छ भन्ने सवालमा केही भन्न मन लाग्यो ! मानिस एक राजनीतिक प्राणी हो । देशको राजनितिमा विषमता हुँदा वातावरण विकुल हुन्छ घर छेउछाउ । विभिन्न राजनितिक दल र कार्यकर्ताका चुनावी होड्वाजीको अगाडी खाली हात जगन्नाथ भने जस्तो तर्किदिउँ ! फगत राजनितिक कुराहरुमा अल्पविराम लाँऊ । आफ्नो पार्टी नै परित्याग गरेर शून्यतामा विलाउँ पो हुन्छ पार्टीका हाँगाविँगा, राजनितिक सहकर्मी नभेट्दा ।
अर्को मानिसमा तनावको प्रश्रय अर्थ कोपभाजन हो । यसो भनि दिँदा मानिसमा बहुत हाँसो उठ्छ । यो भनेको के ? यो भनेको चाँहि शहरमा गाई न गोरु भैंसी गोठालो भनेको क्या ! त्यसो ग्रामिण जिवनमा गाई, गोरु, मेलापात गर्दै आइएको जिवन शहर छोडेर के गर्ने भनेको होला ।
मानिसले आफनो नैतिक पतन कहिले गर्दैन । यद्यपी उसँग पैसाको चाँजो पाँजो नै किन नहोस । उ साधु बन्ला तर माफ माग्न छोड्दैन । व्यवहारले कोल्टो फेरोस जसले जे जानेको छ त्यहि गर्छ । यहाँ समाजवादको आख्यान वताउन मन लाग्यो ।

मानिस सामाजिक वन्धनमा जिउँछ । मानिस एक श्रमिक हो । मानिसले श्रमदान दिन्छ । त्यसरी काम गर्दै जाँदा मेसिन, औजार सँग काम गर्दा भलै उ आधुनिक वन्दै जाला । उसमा आउने एकाँकी पनले मानिसलाई रोगी बनाउँछ । अनुदारवादी शास्त्रहरुले घेरिँदै जाँदा मानिस समाजसँग अगि बढ्नु पर्छ । भौतिकशास्त्रीहरुले भनेका छन्, मानिस अर्थोपकारी कहिले वन्छ जब उ मन लगाएर समाजमा हेलमेल गर्दै अगाडी बढ्छ र आफ्नो वर्ग संरक्षण तर्फ स्पष्ट कदम उसले तय गर्छ ।

मानिसका अवयवहरु वा मष्तिस्कमा आउने तरंगित छालहरु मनिसको सोचमा आउने परिवर्तन र उसले गर्ने दैनिक कामवाट आउने सकारात्मक सोचले प्रद्वत हुन्छ । काम जिवनको लागि अपरिहार्य हो । तर त्यससँगै मानिसको स्वास्थ्य प्र्रतिकुल हुनु भएन ।
मानिस समाजवाट बहिस्कृत हुँदै जानु भनेको उसको अर्थोपार्जन कम हुनु हो । सामाजिक वहिस्कार अनुदारवाद हो । विकलंक हो । कहिलेकाहिँ अर्थोपार्जन कम हुँदा धेरै असमानताका खाड्लबाट मानिस व्यग्रित हुन्छ । सामाजिक विकंलक लान्छना हो । मानिसको वर्ग त सधैं समान हुन्छ ।

मानिसको पुस्तक पढ्ने कलाले पनि रिस कम उठ्छ भन्ने भनाइ रहेको छ । आफू त कम पुस्तक पढिन्छ । त्यसैले पराया धन अप्ना नही होता भन्नुपर्छ । मन सबैको पढाकु नै हुन्छ ।

कार्यविभाजनले मानिसमा रहेको अर्थकोपभाजन बगाल्छ । लैंगिक समानताको पनि कुरा उठेको वर्षौ भइसक्यो । तर सभा, सम्मेलनमा प्रत्यक्ष सहभागितता नहोइँदिदा त्यस्ता अल्पसंख्यक नारीवादी वा पुरुषवादी चरित्र त्यसै समाजमा प्रतिकुल भएर झिनो जिवन व्यतित गर्न लालायित छन् । त्यसो चाँहि ति समुदायहरुकै कठिन वाध्यता होला ।

मानिसमा रिस त्यस्तै कारणबाट उठ्छ । रिस राजनितिक, सामाजिक, आर्थिक र पछौटेपन वाट उठ्छ । जुन थाम्न आज तपाईँ हामी दौतरी हुन आवश्यक छ की ! कि कसो ?

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार