समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बिर्तामोड नगर प्रमुख प्रसाईद्वारा पत्रकार उपचार सहयोग कोषलाई ५१ हजार सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषलाई बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नुभएको छ।

Advertisement

नगर प्रमुख प्रसाईले स्वर्गीय श्रीमान् ज्ञानुराम प्रसाईको स्मृतिमा उक्त रकम सहयोग गर्नु भएको हो। आज बिर्तामोडस्थित आफ्नै निवासमा उहाँले कोषका प्रतिनिधिहरूलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको छ।

Advertisement

सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार उपचार सहयोग कोषका संयोजक भीमा शिवाकोटी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार, र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने उपस्थित हुनुहुन्थ्यो।

नगर प्रमुख प्रसाईले यसअघि माघ २२ गते दोमुखामा आयोजित प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवस समारोहमा सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानु प्रसाईको स्मृतिमा सो रकम सहयोग गर्ने घोषणा गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article