समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

झापाको अर्जुनधारामा सिलिन्डर पड्किँदा आगलागी

झापा । अर्जुनधारा-४, रातेखालस्थित स्थानीय लिलाबहादुर कटुवालको काठको भान्सा घरमा आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको छ।

Advertisement

परिवारका अनुसार ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको बताइएको छ। बिहान करिब ६:१५ बजे लागेको आगो स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। समयमै आगो नियन्त्रणमा लिइएकाले थप क्षति हुन पाएन।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article