समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

झापाको गौरीगञ्ज मोटरसाइकल दुर्घटना, १७ वर्षीय युवकको मृत्यु

झापा, १३ फागुन । झापाको गौरीगंज गाउँपालिका-१ हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

Advertisement

आइतबार दिउँसो करिब १२:५५ बजे कुञ्जिबारीबाट धानगडा जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बायाँपट्टि रहेको पिल्लरमा ठोक्किँदा दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा झापा, शिवसताक्षी नगरपालिका-४ निवासी १७ वर्षीय सूरज राजवंशी गम्भीर घाइते भएका थिए। उनको नाक, अनुहार, र टाउकोमा गम्भीर चोट लागेपछि तत्काल उपचारका लागि दमक अस्पताल पठाइएको थियो। तर, दिउँसो २:१५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका छन्। प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान जारी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article