समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

काँकडभिट्टामा प्रहरी कर्मचारी झुन्डिएको  अवस्थामा मृत फेला

झापा । जिल्ला प्रहरी कार्यालय झापा एकजना सईले झुन्डिएर आत्महत्या गरेको १० दिन नबित्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा अर्का प्रहरी कर्मचारी झुन्डिएको  अवस्थामा मृत फेला परेका छ्न ।

Advertisement

बुधबार (आज) दिउँसो सवा २ बजेतिर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको एकतले ब्यारेक भवनमा प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय निरबहादुर विक झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । ओखलढुंगा सुनकोसी गाउँपालिका १० निवासी विकले ब्यारेक भवनको ढोका लगाई पङ्खामा तन्नाको पासो लगाएर  आत्महत्या गरेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

Advertisement

घटनाबारे आफन्तलाई जानकारी गराइसकिएको र मृतकको शव पोस्टमार्टमको लागि लैजान आवश्यक कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

यसअघि फागुन ४ गते प्रहरी नायव निरीक्षक धनराज खतिवडाले जिल्ला प्रहरी कार्यालयको ब्यारेकको छतमाथि झुन्डिएर आत्महत्या गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article