समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मेयर बालेनद्वारा आफ्नो विरुद्ध भ्रम फैलाइएको आरोप, सरकारमाथि आक्रोश

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो विरुद्ध भ्रम फैलाइएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकार, प्रधानमन्त्री केपी शर्मा ओली, एमाले महासचिव र आफ्नै उपमेयरमाथि आक्रोश पोख्दै आफू भ्रष्टाचारविरोधी अभियानमा दृढ रहेको बताएका छन्।

Advertisement

मेयर शाहले महानगरमाथि नाकाबन्दी लगाउने प्रयास भए पनि आफू सुशासनका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारे। उनले ओलीलाई सम्बोधन गर्दै भने, “प्रधानमन्त्रीज्यू, हामी तपाईंका दुश्मन होइनौं, विकासका साझेदार हौं। भ्रष्ट्राचारविरुद्धको लडाइँमा जोसँग जुध्नुपरे पनि तयार छु, तर सम्झौता गर्दिन।”

Advertisement

उनले ६ बुँदे व्याख्या सार्वजनिक गर्दै महानगरविरुद्ध फैलाइएका मुख्य भ्रमहरूको खण्डन गरे:

  1. भ्यू टावर नक्सा पास विवाद – नक्सापास गर्ने अधिकार मेयरसँग नभएको स्पष्ट गर्दै, निर्णय कार्यपालिकाको भएको प्रमाणित गरेका छन्।
  2. कार्यकारी पद स्थायित्व विवाद – ४ जना कार्यकारी हटाइएकामा २ जनालाई महानगरले भ्रष्टाचारका कारण हटाएको र बाँकी २ जनालाई सरकारले हटाएको दाबी।
  3. कार्यकारी काम गर्न नमान्ने भनाइ – सरकार आफ्नै कर्मचारीलाई निर्देशन दिन असफल भएको आरोप।
  4. कार्यकारी निमित्त तोक्ने अधिकारबारे भ्रम – ऐन अनुसार सरकारकै जिम्मेवारी भएको र महानगरमाथि दोष थोपर्ने प्रयास अस्वीकार्य रहेको धारणा।
  5. छानबिन प्रतिवेदन लुकाइएको आरोप – कुनै रिपोर्ट बनेकै नभएको भन्दै आरोपको खण्डन।
  6. मन्त्रीसँग समन्वय विवाद – महानगरले आधिकारिक रूपमा पत्रचार र समन्वय गरिसकेको तर व्यक्तिगत पहुँच खोजिएको दाबी।

मेयर शाहले सरकारको भ्रष्टाचार संरचनासँग नझुक्ने प्रतिबद्धता दोहोर्याउँदै, “सुशासन कायम गरेरै छोड्छु,” भनेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article