समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको जामुनबारीमा सवारी दुर्घटना, घाइतेको उपचारको क्रममा मृत्यु

झापा, फागुन २९ । झापाको कनकाई नगरपालिका–२ जामुनबारीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

२०८१ फागुन २८ गते साँझ करिब ७ बजे जामुनबारीबाट सुरुङ्गातर्फ जाँदै गरेको साइकललाई सोही दिशातर्फ गइरहेको प्र.१-०१-०१३प ८०९१ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा साइकल यात्री १९ वर्षीय सलिन कार्की र मोटरसाइकल चालक ३३ वर्षीय सविन तामाङ घाइते भएका थिए।

Advertisement

दुवै घाइतेलाई तत्काल कनकाई नगर अस्पताल, सुरुङ्गामा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित B&C अस्पताल पठाइएको थियो। उपचारकै क्रममा ३३ वर्षीय सविन तामाङको २०८१ फागुन २९ गते दिउँसो १:२५ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

यस घटनामा घाइते भएका साइकल यात्री सलिन कार्कीको अवस्था सामान्य रहेको बताइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article