झापा, चैत्र १ । झापा गाउँपालिका वडा नं. ०४, टाघनडुब्बामा सोम्नी कोचको डेरामा गएराति करिब २१:१५ बजे अचानक आगलागी हुँदा लाखौंको क्षति भएको छ।
बिधुत सर्ट भई लागेको आगलागीले टिनको छानो र काठले बनेको एकतल्ले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीका कारण घरभित्र रहेको नगद रु. २५,०००, २५ मन धान, चाँदी २५ तोला, सुन २ आनी, एक थान लेडिज साइकल, भाँडाकुँडा लगायतका सामान जलेर करिब रु. २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकल तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागी २२:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी स्रोतले जनाएको छ। मानवीय तथा चौपाय जनधनको क्षति नभए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
3
+1