झापा ,१ चैत । झापामा  ७ व्यक्ति र  ४३० सवारी साधनलाई कार्वाही गरेको प्रहरीले जनाएको छ ।

होली पर्वमा सवारी नियम बिपरित गाडी चलाउने झापाको विभिन्न ठाउँबाट प्रहरीले ३७२ मोटरसाइकललाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

होली पर्व मनाउने क्रममा उनिहरुलाई नियन्त्रणमा लिएको र ट्राफिक  जरिवाना  र कार्वाही  पछि छोडिने जनाइएको छ ।
त्यस्तै झापामै ४० वटा ३ पाङ्ग्रे सवारी साधन र १५ वटा ४ पाङ्ग्रे सवारी साधनलाई समेत प्रहरीले नियन्त्रण लिएको जनाएको छ । उनीहरु सबैलाई ट्राफिक नियम अनुसार कार्वाही गरिने जनाइएको छ ।
होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ७  जनालाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार