समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा  ७ व्यक्ति र  ४३० सवारी साधनलाई कार्वाही 

झापा ,१ चैत । झापामा  ७ व्यक्ति र  ४३० सवारी साधनलाई कार्वाही गरेको प्रहरीले जनाएको छ ।

Advertisement

होली पर्वमा सवारी नियम बिपरित गाडी चलाउने झापाको विभिन्न ठाउँबाट प्रहरीले ३७२ मोटरसाइकललाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
होली पर्व मनाउने क्रममा उनिहरुलाई नियन्त्रणमा लिएको र ट्राफिक  जरिवाना  र कार्वाही  पछि छोडिने जनाइएको छ ।
त्यस्तै झापामै ४० वटा ३ पाङ्ग्रे सवारी साधन र १५ वटा ४ पाङ्ग्रे सवारी साधनलाई समेत प्रहरीले नियन्त्रण लिएको जनाएको छ । उनीहरु सबैलाई ट्राफिक नियम अनुसार कार्वाही गरिने जनाइएको छ ।
होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ७  जनालाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article