मकवानपुर प्रहरीले राप्रपा नेता नीराजन बमलाई पक्राउ गरेको छ। चितवन प्रहरीले मकवानपुर प्रहरीको आग्रहमा आज उनलाई पक्राउ गरेको हो।

शनिबार मकवानपुरमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनमा बोल्दै बमले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचना गर्दै उनको फोटो जलाएका थिए।

प्रचण्डले बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर’ र ‘भाइमार’ को संज्ञा दिएका थिए। सो अभिव्यक्तिपछि राप्रपालगायत राजावादी समूहहरूले विरोध जनाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार