झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल सहकारी संस्था लिमिटेडका एक जना कर्मचारी पक्राउ परेका छन् ।
सहकारी संस्थाबाट तीन करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका शिवगञ्ज सेवाकेन्द्र प्रमुख जीवन भुजेल पक्राउ परेका छन्।
गौरादह-२ निवासी तथा हाल सहकारीको शिवगञ्ज सेवाकेन्द्र प्रमुख रहेका २८ वर्षीय भुजेलले संस्थाको सम्पत्ति, बचत तथा ऋण हिनामिना गरेको आरोप लागेको छ। सहकारीको उजुरीपछि प्रहरीले चैत ३ गते उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।
डिएसपी खड्काका अनुसार भुजेलविरुद्ध अनुसन्धान भइरहेको छ, र उनलाई हिजो पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
4
+1
4
+1
+1
2
+1