समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ

काठमाडौं, चैत ११ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेतीलाई काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको छ। उनलाई भ्रष्टाचार गरी गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

Advertisement

आयोगले उप्रेतीविरुद्ध अनुसन्धान गर्दै मुद्दा दायर गरेको थियो। आयोगका अनुसन्धान अधिकृत दिनेश लुइटेलले तयार पारेको प्रतिवेदनका आधारमा सर्वोच्च अदालतले २०८१ मंसिर १२ गते उप्रेतीलाई दोषी ठहर गरेको थियो। अदालतको फैसलाअनुसार उनलाई २ करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिवाना तथा ६ महिना कैद सजाय सुनाइएको थियो।

Advertisement

चितवनको खैरहनी, जमौली स्थायी ठेगाना भएका उप्रेती काठमाडौं महानगरपालिका-१६, बनस्थलीमा बस्दै आएका थिए। अदालतको फैसलापछि बेरुजू भई फरार रहेका उनलाई प्रहरीले चैत १० गते बनस्थलीबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई चैत ११ गते फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो। जिल्ला अदालतको निर्देशनअनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article