समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

एसइई परीक्षा चलिरहेकै बेला होस्टेलमा कुटाकुट, एक विद्यार्थी घाइते

इलाम नगरपालिका-७ स्थित माउन्ट मेची बोर्डिङ स्कुलको होस्टेलमा विद्यार्थीहरूबीच विवाद भएको छ। गएराति ८ बजे सोही होस्टेलमा बसेर कक्षा ९ मा अध्ययनरत इलाम-९ गोलाखर्क निवासी १७ वर्षीय सन्दीप बस्नेतलाई एसइई परीक्षा दिइरहेका सन्दकपुर-३ मुढे निवासी १७ वर्षीय सुगम राईले सामान्य विवादका क्रममा मुक्का प्रहार गरेका थिए।

Advertisement

घटनापछि सन्दीप बस्नेतको नाकमा चोट लागेको थियो। उनलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल इलाममा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ।

Advertisement

यस घटनामा संलग्न सुगम राईको एसइई परीक्षा चलिरहेको भएकाले परीक्षापश्चात् उपस्थित गराउने गरी विद्यालयका शिक्षक होमबहादुर राईको जिम्मा लगाइएको इलाम प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article