समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक

काठमाडौं, चैत १५ । काठमाडौंको तीनकुने क्षेत्रमा आज राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारीहरूले व्यापारी घर, पसलहरूमा ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।

Advertisement

उग्र प्रदर्शनका क्रममा तीनकुनेको एउटा घरमा आगजनी भएको छ। ढुंगामुडा प्रहारका कारण केही घर र पसलहरूमा क्षति पुगेको छ। आन्दोलनकारीहरूले तीनकुनेस्थित एक व्यापारी घरमा तोडफोड गर्दै कागजपत्र जलाएका छन्।

Advertisement

त्यस्तै, प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी प्रयास गरेका थिए। कार्यालयमा आगलागी भए पनि सुरक्षा गार्डहरूले समयमै निभाएका थिए। साथै, एकीकृत समाजवादी पार्टीको कार्यालयमा पनि आगजनी गरिएको छ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरू र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको थियो। झडपका क्रममा केही प्रहरी तथा आन्दोलनकारी घाइते भएका छन्।

हाल तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ भने राजावादी समर्थकहरू मुख्य कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्। सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article