समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा ट्याक्टरबाट लडी घाइते वृद्धको मृत्यु

झापा, २०८१ चैत २० । झापा गाउँपालिका-३ झाटीस्थित भित्री पक्की सडकखण्डमा ट्याक्टरबाट लडी घाइते भएका एक वृद्धको मृत्यु भएको छ।

Advertisement

आज अपराह्न करिब १६:३० बजे झाटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे १ त ४१०७ नम्बरको ट्याक्टरमा सवार ऐले.ऐ बस्ने ६० वर्षीय रमेश हस्ता अचानक बेहोस भई ट्याक्टरबाट लडेर घाइते भएका थिए। उनलाई तत्काल स्वास्थ्य चौकी शरणामति पु-याइयो, जहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो।

Advertisement

प्राप्त जानकारी अनुसार, साँझ १८:३० बजे उपचारकै क्रममा वृद्धको मृत्यु भएको छ। हाल उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा राखिएको छ।

यस घटनासँग सम्बन्धित ट्याक्टर चालक ४८ वर्षीय देव कुमार गणेश (जो ट्याक्टर साहुजी पनि हुन्) र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ। – फाइल तस्विर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article