समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मोरङमा मोटरसाइकल दुर्घटना, श्रीमान्–श्रीमतीको निधन

मोरङ । शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार को९प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

Advertisement

आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परि रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी ३५ वर्षीया पत्नी वामनी हेमरामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article