समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीका आगलागी पीडित कट्टेलको घर पुनर्निर्माण कार्य अघि बढ्यो

झापा, चैत २३ । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित राइटोलमा आगलागीबाट पूर्णरूपमा क्षति भएका बिष्णु कट्टेलको घर पुनर्निर्माण कार्य अगाडि बढेको छ।

Advertisement

गत चैत ११ गते साँझ ८ बजेतिर भएको आगलागीले कट्टेलको घर पूर्णरूपमा जलेर नष्ट हुँदा करीब ८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो।

Advertisement

पुनर्निर्माणका लागि विभिन्न निकाय तथा व्यक्तिबाट सहयोग प्राप्त भइरहेको छ। हल्दिबारी गाउँपालिकाबाट ५० हजार रुपैयाँ, व्यवसायी योगेन्द्र पराजुलीको नायक इट्टा भट्टाबाट १५०० इट्टा, जनार्दन न्यौपानेको हल्दिबारी इट्टा भट्टाबाट १००० इट्टा, भेलागढी सामुदायिक वन र पाथीभरा कालिका सामुदायिक वनबाट आवश्यक काठ सहयोग प्राप्त भएको हो। पाथीभरा कालिका सामुदायिक वनबाट काठ प्राप्तका लागि सालिकराम पराजुलीको विशेष पहल रहेको थियो।

घर पुनर्निर्माणको अगुवाइ वडा नं–२ का वडा सदस्य बिष्णु राईले गरिरहेका छन्।आगलागी नियन्त्रण गर्न भद्रपुर नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रिय भूमिका रहेको थियो।वडा सदस्य राईका अनुसार पीडित परिवारलाई सहयोग जुट्ने क्रम जारी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article