समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

माओवादी केन्द्र मेचीनगरको नेतृत्वमा पुनः राजन चिमरिया

मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर नगरकाे ऐतिहासिक दाेस्राे नगर अधिबेशनले पुनः राजन चिमरियाको अध्यक्षतामा ५१ सदस्यीय नगरसमिति निर्विरोध चयन भएका छन् ।

Advertisement

शनिबार धुलाबारीको पासाङ ल्वामु हलमा आयोजित दोस्रो अधिवेशनले आगामी २०८४ मा नगर नेतृत्वका लागि तयारीसहित पदाधिकारी निर्विरोध चयन गरेको हो । बिगतको नेतृत्वमा हेरर्फेर गर्दै पदाधिकारी चयन गरेको नगर पार्टीले जनाएको छ । नगरको उपाध्यक्षमा दुईजना महिलासहित चार जनाको नाम निर्विरोध गरेको छ । उपाध्यक्ष पदमा कुशल महिला नेतृ लीला सुब्बा राजवंशी, दलित नेतृत्व जगतबहादुर बिश्वकर्मा, गोपिकृष्ण रिजाल र मेनुका घिमिरेलाई निर्विरोध गरेको हो ।

Advertisement

त्यसैगरी सचिवमा कृष्णराज सिटौला, सहसचिवमा कोबिलाल मेचे, तिलक थापा र कोषाध्यक्षमा बसन्त राजबंशी निर्विरोध घोषित भए ।

नगरको पहिलो बैठकबाट प्रतिनिधि छनोट गर्ने गरी श्याय लामा, इन्दिरा पोख्रेल, पुष्पराज पराजुली, देबेन्द्र ढकाल, गोमा भण्डारी, चन्द्र दास, राम गौतम, विरसकुमार आचार्य, तारा बराल, डिबि मगर, सेकेन्ड धिमाल, कुमादेवी उप्रेती, मानबहादुर गिरी नगर सदस्यमा निर्विरोध गरेको छ ।

त्यस्तै तिलक थापा, हर्कमाया बस्नेत, शेखरकाजी थापा,विमला आचार्य, सन्तोस प्रसाई, राजु निरौला, चेतराज बस्नेत, विनोदकुमार शिवाकोटी, ज्ञानु घोले, तिर्थकुमारी डांगी, आइतबहादुर बिश्वकर्मा,छबिलाल अधिकारी, नरेन्द्र धिमाल, पदम सुनुवार,रीतादेपी रिजाल,पुरु‌षोतम सिग्देल,गोमादेवी भट्टराई ,अपूर्वकुमार डांगी, शुसिल राजवंशी, प्रशान्त लिम्बू,भूल लुक्सम (कात्री), गोमादेवी भट्टराई,श्यामलाल राजवंशी,शैफर रेग्मी, रोजिना विश्वकर्मा, मिलन प्रसाई, पुष्पराज पराजुली सदस्य रहेका छन् ।
राजन चिमरियाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कम्युनिस्ट बिचारमा रहेर हालसम्म योगदान पुर्याउँदै आएका एक दर्जनबढीलाई ब्यक्तीलाई  कार्यक्रमका प्रमुख अतिथिले सम्मान गरेका थिए ।

नवनिर्वाचित नगरका पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सह-ईन्चार्ज अजम्बर काङवाङ राई, केन्द्रीय सदस्य तथा झापा ईन्चार्ज रञ्जित तामाङ, पार्टीको केन्द्रिय सदस्य ज्याेति सिंह दर्लामी, जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, पार्टी प्रदेश सदस्य भुपाल सापकाेटा, प्रकाश भण्डारी, माधव अर्याल लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कृष्णराज सिटौलाले संचालन गरेको कार्यक्रममा चिमरियाले अध्यक्षको प्रतिवेदन वचन गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article