समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडका भट्टराई ब्राउन सुगर सहित पक्राउ

झापा । भद्रपुर नाकाबाट मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउँदै गरेका बिर्तामोडका एक युवक पक्राउ परेका छन् ।

Advertisement

आइतबार दिउँसो २ः४५ बजे भद्रपुर नगरपालिका –५ मेची प्रहरी बिट र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेको पैदल यात्री बिर्तामोड नगरपालिका–६ सरस्वती टोलका ३० वर्षीय सन्तोष भट्टराईलाई पक्राउ गरेको हो ।

Advertisement

उनले मलद्वारभित्र प्लास्टिकले पोका पारी लुका छिपाइ ल्याउँदै गरेको १० ग्राम २१० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article