समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

अष्टजाम संकीर्तनको भीडमै केचनामा तीन घरमा चोरी, लाखौंको धनमाल गुम्यो

झापा । कचनकवल गाउँपालिका–४ स्थित केचनामा शनिबार राति अष्टजाम संकीर्तन समारोहको भीडभाडकै बेला तीन वटा घरमा चोरी भएको छ।

Advertisement

राति करिब ९ बजेतिर भएको उक्त चोरीमा लाखौं रुपैयाँ बराबरको धनमाल हराएको बताइएको छ। चोरी भएको बेला गाउँमा अष्टजाम संकीर्तन कार्यक्रम चलिरहेको र अधिकांश घर सुनसान भएकोले चोरी सजिलै भएको हुनसक्ने अनुमान गरिएको छ।

Advertisement

स्थानीय प्रदीप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार नगद, टंक खनालको घरबाट सुनको सिक्री र नगद २० हजार रुपैयाँ चोरी भएको छ। त्यस्तै, लक्ष्मी चौहानको घरमा रहेका सामानहरू छरपस्ट बनाई चोरी गरिएको बताइएको छ।

चोरीपछिका आरोपितहरू फरार रहेका छन् भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article