समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

महिला प्रहरीमाथि हातपात गर्ने हल्दिबारीकी एक महिला पक्राउ

झापा, हल्दिबारी । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने क्रममा महिला प्रहरीमाथि हातपात गरेकी झापा हल्दिबारीकी एक महिला पक्राउ परेकी छन्।

Advertisement

गएराति करिब ९ बजे हल्दिबारी गाउँपालिका–२ की ३१ वर्षीया पवित्रा माखिम घिमिरेले मादक पदार्थ सेवन पश्चात घरपरिवारका सदस्यहरूसँग झैझगडा गर्दै गालीगलौज र अपशब्द प्रयोग गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Advertisement

घटनास्थलमा प्रहरी चौकी हल्दिबारीबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर मगरको कमान्डमा महिला प्रहरीसहितको टोली पुग्दा, घिमिरेलाई सम्झाउने क्रममा उनले महिला प्रहरीमाथि हातपात गरेकी थिइन्।

उनले इलाम माइजोगमाई गाउँपालिका–४ घर भई इलाका प्रहरी कार्यालय बिर्तामोड अन्तर्गत प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रनिता देवानमाथि हातपात गरेकी हुन्। देवानको दुवै आँखामा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ।

प्रहरी जवान देवानको पोशाक (चुस्ता) समेत च्यातिएको जनाइएको छ। घटना पश्चात पवित्रा माखिम घिमिरेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article