समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरमा खेल्दाखेल्दै पासो लागेर १२ वर्षीय बालकको दुःखद मृत्यु

भद्रपुर, असार १७ — झापाको भद्रपुर नगरपालिका–३ आँपगाछीमा मंगलबार दिउँसो खेल्ने क्रममा पासो लागेर एक १२ वर्षीय बालकको ज्यान गएको छ।

Advertisement

स्थानीय पूर्णबहादुर मगरका छोरा प्रवेश मगर आफ्नै घर पछाडि लुगा सुकाउने बाँसको बलोमा झुन्ड्याइएको बाबियोको डोरीमा खेल्ने क्रममा अचानक घाँटीमा पासो लाग्दा गम्भीर घाइते भएका थिए।

Advertisement

परिवारका सदस्यले तत्कालै पासो खोली नजिकैको ओमसाई पाथिभरा अस्पताल पुर्‍याएका थिए। तर, उपचारको क्रममा दिउँसो ४:३० बजे बालकको निधन भएको भद्रपुर वडा प्रहरी कार्यालयले जनाएको छ।

घटनास्थलमा प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ।

यस घटनाले स्थानीयमा गहिरो पीडा र स्तब्धता छाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article