समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा चोरी र लागुऔषधसहित दुई भारतिय नागरिक पक्राउ

झापा । झापाको कचनकवल गाउँपालिका–४ स्थित केचना क्षेत्रमा शंकास्पद अवस्थामा भेटिएका दुई जना भारतिय नागरिकलाई चोरी र लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

Advertisement

शनिबार राति करिब ८:३० बजेको समयमा स्थानिय मोजिमिल मिँयाको जग्गा आसपासमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले आफ्नो परिचय भारत विहार राज्य, किसनगंज जिल्लाको जियापोखर गिलाबारी निवासी २३ वर्षीय मोहमद तौसिफ र भारत उत्तर दिनाजपुर जिल्लाको मजलिसपुर निवासी २१ वर्षीय प्रवेज आलम भएको बताएका थिए।

Advertisement

थप सोधपुछ गर्दा उनीहरूले तजेमुल मिँयाको खेतमा रहेको ३ हर्स पावर क्षमताको पानी तान्ने मोटर चोरी गरी मजमुल मिँयाको जग्गामा लुकाएर राखेको स्वीकार गरेका थिए। घटनास्थलमै उनीहरूले उक्त मोटर देखाएका थिए।

प्रहरीलाई उनीहरू उपर थप शंका लागेपछि कानुनी प्रक्रिया अनुसार शरिर तलासी गर्दा मोहमद तौसिफले लगाएको पेन्टको दाहिने गोजीबाट सेतो प्लास्टिकको पोका फेला परेको थियो। पोका खोली हेर्दा नेपालमा प्रतिबन्धित लागुऔषध कोकिन जस्तो देखिने सेतो धुलो पदार्थ भेटिएको थियो। तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित १ ग्राम ४२० मिलिग्राम र प्लास्टिक बाहेक १ ग्राम ८० मिलिग्राम रहेको थियो।

हाल प्रहरीले उक्त कोकिन जस्तो देखिने पदार्थ र चोरी गरिएको मोटरसहित दुबै जनालाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको छ।

बरामद सामग्रीहरू:

  • प्लास्टिक सहित १ ग्राम ४२० मिलिग्राम कोकिन जस्तो देखिने सेतो धुलो पदार्थ
  • प्लास्टिक बाहेक १ ग्राम ८० मिलिग्राम
  • ३ हर्सपावरको पानी तान्ने मोटर – १ थान

पक्राउ परेका व्यक्ति:

  1. मोहमद तौसिफ (उमेर २३), जियापोखर गिलाबारी, किसनगंज, विहार, भारत
  2. प्रवेज आलम (उमेर २१), मजलिसपुर, उत्तर दिनाजपुर, भारत

प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article